मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

पहिलो बैठकबाटै राष्ट्रिय सभा सदस्यहरुको विद्युतीय हाजिरी

मंगलवार १९ पुष, २०७९ विचारवाटिका 2217


पहिलो बैठकबाटै राष्ट्रिय सभा सदस्यहरुको विद्युतीय हाजिरी

पुस १९ काठमाडौं, राष्ट्रियसभा सदस्यहरुको विद्युतीय हाजिरी हुने भएको छ । यहि २५ गतेबाट संघीय संसदको अधिवेशन सुरू हुँदैछ । अधिवेशनको पहिलो बैठकबाटै राष्ट्रिय सभा सदस्यहरुको विद्युतीय हाजिरी हुने भएको हो ।

 राष्ट्रिय सभा सदस्यहरुको हाजिरी पहिलो बैठकबाटै विद्युतीय हुने पक्का भएको संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमला बताएका हुन् । त्यसका लागि सचिवालयले हाल प्रत्येक राष्ट्रिय सभा सदस्यहरुको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गर्ने कार्य चलिरहेको छ ।
२४ गतेसम्म राष्ट्रिय सभाका सबै मानननीयको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गरिसक्ने उनले जानकारी दिएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु