बिहीबार ३० भाद्र, २०७९
भदौ ३० काठमाडौं, वीर अस्पतालले यहि आर्थिक वर्षदेखि घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ ।
अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहरा तथा सटरहरुलाई बहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत अब आर्थिक वर्षदेखि महानगरलाई बुझाउने भएको हो ।
यसभन्दा अघि अस्पतालले स्थानीय तह सञ्चालन ऐन आउनुभन्दा अघि घरबहाल कर राजस्व कार्यालयमा बुझाउदै आएको थियो । केही समय अघि काठमाडौं महानगरले वीर अस्पताललाई घरबहाल कर तिर्न ताकेता गरेको थियो ।
अस्पतालले भने घरबहाल कर राजस्व कार्यालयमा गएर तिरेकाले राजस्वम नै गएर विवरण हेर्न भनेको थियो । वीर अस्पताल काठमाडौं महानगरलाई कर घरबहाल कर तिर्न सहमत भएको हो ।
पछिल्लो समय महानगरले उठाउन बाँकी रहेको कर निरन्तर उठाइरहेको छ ।