शुक्रबार २६ असार, २०८३ (Friday July 10, 2026)

आत्मदाहकाे प्रयास गरि गम्भीर घाइते भएकाे २५ वर्षिय नेपालीकाे उपचारको क्रममा वीर अस्पतालमा निधन ।

शुक्रबार २६ असार, २०८३ Bichar Batika 1096


आत्मदाहकाे प्रयास गरि गम्भीर घाइते भएकाे २५ वर्षिय नेपालीकाे उपचारको क्रममा वीर अस्पतालमा  निधन ।

असार २६ काठमाडौँ,  आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका २५ वर्षिय गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको छ।
हिजाे दिउँसो पौने २ बजेतिर त्रिपुरेश्वरस्थित  राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगु सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका  गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाउनुभएको थियाे,नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जल्नुकाे साथै  अनुहार र श्वासप्रश्वास नलीमा गम्भीर क्षति पुगेकाेले अवस्था अत्यन्त जटिल रहेको चिकित्सकहरूले  बताएका थिए।

अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि आज मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी गराय ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु