शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

टी–२० विश्वकप ः सतप्रतिशत जित हासिल गर्दे पाकिस्तान सेमिफाइनलमा

सोमबार २२ कार्तिक, २०७८ विचारवाटिका 2024


टी–२० विश्वकप ः सतप्रतिशत जित हासिल गर्दे पाकिस्तान सेमिफाइनलमा

कात्तिक २२, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले स्कटल्याण्डलाई हराउँदै समूह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो राति भएको समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको थियो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १८९ रन बनाएको थियो भने १९० रनको लक्ष्य लिएको थियो । तर स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।

स्कटल्याण्डका रिचाइ बिरिङटनले ५४ रन बनाए भने जियोर्ग मुन्सीले १७, मिचेलले १४, कायल क्विटजरले ९, म्याथ्यु क्रसले ५, क्रिस ग्रिभ्सले ४ र मार्क वाट्ले २ रन जोडे । पाकिस्तानका शडाब खानले दुई तथा शाहीन शाह अफ्रिदी, हरिस राउफ र हसन अलीले समान एक÷एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले क्याप्टेन बाबरको ६६ रन र शोयब मलिकको ५४ रन मद्दतमा १८९ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हाफिसजले ३१, मोहम्मद रिजवानले १५, फकहर जमानले ८ र यासिफ अलिले ५ रनको योगदान गरेका गरेका थिए । स्कटल्याण्डका क्रिसले दुई, सफियान र हजाम तहिरले एक÷एक विकेट लिएका थिए ।

पाकिस्तानसँगै यो समूहबाट न्यु जिल्याण्ड पनि सेमिफाइनल पुगिसकेको छ । ८ अंकका साथ न्यु जिल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

भारत र नामिबियाको खेल आज हुँदैछ ।

सेमिफाइनल खेल २४ र २५ गते हुँदैछ । पहिलो खेल न्यु जिल्याण्ड र इंग्ल्याण्डबीच हुनेछ भने पाकिस्तानले २५ गते अष्ट्रेलियासँग खेल्ने छ । दुई खेलका विजेताबीच यही कात्तिक २८ गते फाइनल प्रतिस्पर्धा हुनेछ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु