मंगलवार २३ भाद्र, २०८३ (Tuesday September 08, 2026)

टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्दै

सोमबार १३ कार्तिक, २०८० विचारवाटिका 1662


टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्दै

 कात्तिक १३ काठमाडौं, आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो दिन आज चार खेल हुनेछ । समूह ए मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्दैछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ भने समूह ए अन्तर्गत नै ओमान र मलेसियाबीचको खेल टीयू मैदानमै दिउँसो सवा १ बजे सुरु हुनेछ ।

यस्तै समूह बीअन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । समूह बी कै हङकङ र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानीमा हुनेछ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु