शुक्रबार ३१ आश्विन, २०८२
असाेज ३१ काठमाडौँ, ओमानमा सम्पन्न आईसीसी टी-२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपालले सामाेआलाई हराउदै उपाधि जित्न सफल भएकाे छ ।
आज भएकाे अन्तिम खेलमा नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा सामोआले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा केवल ८७ रन मात्रै बनाए पछि नेपालले सानदार जित हासिल गर्न सफल भएकाे थियाे यस जितसँगै नेपालले शीर्ष स्थान हासिल गर्दै सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरेको छ भने ओमानले दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपकाे लागि छनोट भएका छन्।