आईतवार १४ मंसिर, २०८३ (Sunday November 29, 2026)

रामेछाप–काठमाडौं सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशनमा विचार वाटिका सम्मानित

आईतवार १४ मंसिर, २०८३ Bichar Batika 1085


रामेछाप–काठमाडौं सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशनमा विचार वाटिका  सम्मानित

मंसिर १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछाप–काठमाडौं सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशनको अवसरमा विचार वाटिका मिडिया प्रा.लि. सम्मानित भएको छ। कमिटीका गतिविधि तथा कार्यक्रमहरूलाई निरन्तर समाचार र सूचनामार्फत आम जनसमुदायसम्म पुर्‍याउँदै संगठनलाई गतिशील बनाउन महत्वपूर्ण योगदान गरेको भन्दै कमिटीले विचार वाटिका मिडिया प्रा.लि.लाई सम्मानपत्र प्रदान गरेको हो।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशन तथा सम्पर्क मञ्चको १३औँ सम्मेलन हिजाे शनिवार  काठमाडौंको कोटेश्वरस्थित कालिन्चोक खड्का पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा नेकपा (एमाले) का केन्द्रीय कमिटी उपमहासचिव क. योगेश भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा रामेछापबाट काठमाडौंमा बसोबास गर्दै आएका एमालेका नेता, कार्यकर्ता, शुभचिन्तक तथा विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्पर्क कमिटीले विचार वाटिका मिडिया प्रा.लि.लाई प्रदान गरेको सम्मानपत्रमा २०८० साल फागुन २६ देखि २८ गतेसम्म सम्पन्न सम्पर्क मञ्चको १२औँ सम्मेलनदेखि हालसम्म कमिटीले आयोजना गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरूमा मिडियाले निरन्तर सूचना प्रवाह गरी संगठनलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको छ।
सञ्चारमाध्यममार्फत संगठनका गतिविधि, कार्यक्रम तथा अन्य महत्वपूर्ण सूचनाहरू आम नागरिकसम्म पुर्‍याउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कमिटीको ऐतिहासिक प्रथम अधिवेशनको सुखद अवसरमा सम्मानपत्र प्रदान गरिएको जनाइएको छ। साथै आगामी दिनमा पनि यस्तै सकारात्मक सहयोग र सहकार्यको अपेक्षा गरिएको सम्मानपत्रमा उल्लेख छ।

उक्त सम्मानपत्रमा सम्पर्क कमिटीका सचिव क. निराजन तिमिल्सेना, अध्यक्ष क. प्रमोद भण्डारी (रविन्द्र) तथा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव क. योगेश भट्टराईको हस्ताक्षर रहेको छ।
विचार वाटिका मिडिया प्रा.लि.ले रामेछाप जिल्लाका राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा विकास निर्माणलगायतका विषयलाई प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्दै आएको छ। काठमाडौंमा रहेर पनि जिल्लाको गतिविधि, नागरिकका सरोकार र विभिन्न संघसंस्था तथा संगठनका कार्यक्रमलाई सञ्चारमाध्यममार्फत आम पाठकमाझ पुर्‍याउँदै आएको मिडियाले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका समसामयिक विषयलाई उजागर गर्दै आएको छ।
यस सम्मानले सञ्चारमाध्यम र सामाजिक तथा राजनीतिक संघसंस्थाबीचको आपसी विश्वास, सहकार्य र सकारात्मक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
सम्मान प्राप्तिप्रति आभार व्यक्त गर्दै विचार वाटिका मिडिया प्रा.लि. परिवारले आगामी दिनमा पनि निष्पक्ष, जिम्मेवार र व्यावसायिक पत्रकारिताका मूल्यमान्यतालाई आत्मसात् गर्दै समाज, संगठन र आम नागरिकका सरोकारका विषयलाई प्राथमिकताका साथ उठान गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क कमिटीबाट प्राप्त यस सम्मानप्रति  हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु