बिहीबार ११ मंसिर, २०८३ (Thursday November 26, 2026)

तराईमा हुस्सु र तुवाँलो, पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना

बिहीबार ११ मंसिर, २०८३ Bichar Batika 1100


तराईमा हुस्सु र तुवाँलो, पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना

मंसिर १०, काठमाडौं । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ , भने आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार भोलि बिहान काठमाडौं उपत्यका तथा विभिन्न खोँचका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
समग्रमा, तत्काल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि तराई क्षेत्रमा हुस्सु तथा कुहिरो र पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहने देखिएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु