शुक्रबार १२ मंसिर, २०८३ (Friday November 27, 2026)

रामेछाप–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा , सम्पूर्ण रामेछापवासीलाई उपस्थितिका लागि निमन्त्रणा

शुक्रबार १२ मंसिर, २०८३ Bichar Batika 1071


रामेछाप–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा , सम्पूर्ण रामेछापवासीलाई उपस्थितिका लागि निमन्त्रणा

मंसिर ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछाप–काठमाडौं सम्पर्क कमिटीको ऐतिहासिक प्रथम अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशन २०८३ मंसिर १२ गते शनिवार काठमाडौंको कोटेश्वरस्थित कालिन्चोक खड्का पार्टी प्यालेसमा बिहान १० बजेदेखि सुरु हुने आयाेजक कमिटीले जनाएकाे छ ।
रामेछाप -काठमाडौं  सम्पर्क मञ्चको १३औँ सम्मेलन तथा कमिटी भएपछिको प्रथम अधिवेशनकाे उद्घाटन सत्रमा नेकपा (एमाले) का केन्द्रीय कमिटी उपमहासचिव क. योगेश भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

रामेछाप–काठमाडौं सम्पर्क कमिटीका उपाध्यक्ष तथा प्रचारप्रसार विभाग प्रमुख दिलिप श्रेष्ठले अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे र केही छुटपुट्ट कामहरू भैरहरकाे जानकारी दिँदै कार्यक्रममा सम्पूर्ण रामेछापवासी एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक आग्रह गर्नुभएको छ।

प्रचारप्रसार बिभाग प्रमुख श्रेष्ठले काठमाडौंमा रहेर विभिन्न पेसा, व्यवसाय तथा अध्ययनमा संलग्न नेकपा ( एमाले ) समर्थक  रामेछापवासीलाई एकै ठाउँमा जोड्ने र आपसी सम्बन्ध, सहकार्य तथा संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले अधिवेशन आयोजना गरिएको बताउनुभयो।
आयोजक नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क कमिटीले अधिवेशनलाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे जनाउँदै सबैलाई निर्धारित समयमै उपस्थित हुनसमेत अनुरोध गरेको छ।
कार्यक्रमसम्बन्धी विवरण
  मिति: २०८३ मंसिर १२ गते, शनिवार 
   समय: बिहान १० बजे
  स्थान: कालिन्चोक खड्का पार्टी प्यालेस, कोटेश्वर, काठमाडौं
  प्रमुख अतिथि: क. योगेश भट्टराई, उपमहासचिव, नेकपा (एमाले)                केन्द्रीय कमिटी
आयोजक: नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क कमिटी




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु