सोमबार २२ असार, २०८३ (Monday July 06, 2026)

तेल लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पलाई तीन लाख देखि दस लाख सम्म जरिवाना र पाच देखि पन्द्र दिनसम्म इन्धन आपूर्तिमा राेक लगाउने ।

शुक्रबार १९ असार, २०८३ Bichar Batika 1483


तेल लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पलाई तीन लाख देखि दस लाख सम्म जरिवाना र पाच देखि पन्द्र दिनसम्म इन्धन आपूर्तिमा राेक लगाउने ।

असार १९ काठमाडौं ,मूल्य घट्ने आशमा तेल लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्प व्यवसायीलाई तह लगाउन सरकारले कडा कानुन ल्याएको छ, मन्त्री गौरीकुमारी यादवको निर्देशनमा निगमले विनियमावली संशोधन गर्दै तेल लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने पम्प व्यवसायीहरूलाई  ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने व्यवस्था कायम गरेकाे छ।

सधैँ बजारमा तेलकाे मूल्य घट्दा तेल लुकाएर कृतिमा अभाव सिर्जना गरि जनतालाई पेट्रोल पम्पमा घन्टाैं लाइन बस्न बाध्य पार्ने  व्यवसायीमाथि निगमले कडाइ गर्न लागेकाे छ ,नयाँ नियमअनुसार विनाकारण पम्पको नोजल सुक्खा (ड्राई) राखेर उपभोक्तालाई सास्ती दिएमा पहिलोपटक ३ लाख, दोस्रोपटक ६ लाख र तेस्रोपटक १० लाख जरिवानासहित डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ,यसले आगामी दिनमा मूल्य घटबढ हुँदा पम्पहरू बन्द हुने प्रवृत्तिको अन्त्य गर्ने विश्वास गरिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु