बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

महाकालीमा बेपत्ता भएका जयसिंहको परिवारलाई सरकारले १० लाख दिने

बिहीबार १० भाद्र, २०७८ विचारवाटिका 2518


महाकालीमा बेपत्ता भएका जयसिंहको परिवारलाई सरकारले १० लाख दिने

भदौ १०, काठमाडौं । दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।


श्रावण १५ मा महाकाली नदीमा बेपत्ता भएका धामी हालसम्म फेला परेका छैनन् । उनको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली अझै खटिएका छन् ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु