मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

रामुपाकाे केन्द्रीय उपाध्यक्ष तथा धनुषा ३काे उम्मेदवार झा पार्टी परित्याग गरि रास्वपा प्रवेश ।

बुधबार २८ माघ, २०८२ Bichar Batika 1254


रामुपाकाे केन्द्रीय उपाध्यक्ष तथा धनुषा ३काे  उम्मेदवार झा पार्टी परित्याग गरि रास्वपा प्रवेश  ।

माघ २८ धनुषा , राष्ट्रिय मुक्ति पार्टी (रामुपा)का केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार राजीव झा रामुपा परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
 धनुषा क्षेत्र नं.३ बाट राजेन्द्र महतो नेतृत्वको रामुपाबाट ‘जाँतो’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएका झाले रास्वपा प्रवेश गर्दै साेहि क्षेत्र बाट  घन्टी चिह्नका उम्मेदवार मनिष  झालाई समर्थन घाेषणा समेत गरेकाे छ ।
झालाई आज बुधबार रास्वपाका पार्टी प्रवक्ता तथा धनुषा ३ का उम्मेदवार मनीष झाले पार्टी प्रवेश गराएका थिय ,झा रास्वपामा प्रवेशसँगै धनुषा ३ को चुनावी समीकरण फेरिएको छ,धनुषा ३ मा ब्राह्मण समुदायबाट  हेभी वेटका दुई यी  उम्मेदवारहरू मिलेपछि समीकरण फेरिने चर्चा भइरहेको छ ।
केही दिनअघि मात्र रामुपाका केन्द्रीय कार्यकारणी समिति सदस्य सञ्जय सिंह, केन्द्रीय सचिव सञ्जय चौधरीसहित धनुषाका अधिकांश नेताहरूले पार्टी परित्यागगरी जसपमा प्रवेश गरेका थिए। 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु