मंगलवार २० माघ, २०८२
माघ २० काठमाडौं , प्रविन बज्राचार्यकाे स्वर तथा स्वयं बज्राचार्य, बिना राउत, गीता भुजेल र माया (कुकुर) को अभिनय रहेकाे नयाँ गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।

गीतका शब्द ललित गोलेले लेखेका हुन् भने संगीत संयोजन प्रदीप जोशीले गरेका छन्, गीतमा संगीत रचना द गोक्टे’ज (कमल उपासक) को रहेको छ।
छायाँकन अनिल र गोपाल ,भिडियो सम्पादन तथा रंग संयोजन फ्यामिली क्रिएसन हाउसकाे म्युजिक भिडियोको निर्देशन पनि स्वयं बज्राचार्यले नै गरेका छन्।

सोल्टिनी’ गीतले प्रेम र सरल जीवनका भावनालाई प्रस्तुत गरेको छ, गीतको कथावस्तु र दृश्य संयोजनले दर्शकलाई सहजै जोड्ने प्रयास गरेको छ, कलाकारहरूको अभिनय स्वाभाविक देखिन्छ भने भिडियोमा कुकुर ‘माया’ को उपस्थितिले कथालाई थप भावनात्मक बनाएको छ।

गीतको म्युजिक भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ,सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ।
भिडियो लिङ्क,