सोमबार २६ माघ, २०८२ (Monday February 09, 2026)

बढ्दाे सवारी दुर्घटना न्यूनीकरणकाे लागि नेपालगन्जमा स्लो वाइक प्रतियोगिता हुदै ।

शुक्रबार २५ पुष, २०८२ Bichar Batika 1184


बढ्दाे सवारी दुर्घटना न्यूनीकरणकाे लागि नेपालगन्जमा स्लो वाइक प्रतियोगिता हुदै ।

पुष २५ नेपालगन्ज ,बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि  नेपालगन्जमा  स्लो वाईक प्रतियोगिता हुने भएको छ ।
बास नेपालले विगत ५ बर्ष देखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृखला यहि पुष  २७ गते नेपालगन्जमा हुने तय गरिएकाे छ ,ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा हुने उक्त प्रतियोगिता नेपालगन्जको न्यूरोडमा सञ्चालन हुनेछ , निर्धारित १०० मिटरको दुरी सबै भन्दा कम समय लगाएर अर्थात सुस्त गतिमा पार गर्ने प्रतियोगि बिजयी हुनेछन् ,प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगीले  क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले गर्न लागिएको सो प्रतियोगितामा विभिन्न निकायहरुको सहकार्य रहनेछ ,प्रतियोगिताबाट पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने सन्देस प्रवाह गर्ने उद्देश्यका साथ आयाेजना गर्ने गहिरहेकाे बास नेपालका सुचना अधिकारी हेमराज भट्टले जानकारी गराउनु भयाे ।

भट्टले जानकारी गराए अनुसार  प्रतियोगितामा प्रतियोगिहरुले अनलाईन तथा कार्यालयमा नै आएर नाम दर्ता गर्न सक्ने गरी ब्यवस्थापन गरिएको छ , सहभागिता जनाएर सवारी दूर्घटना न्यूनीकरणमा एक्येबद्धता जनाउन बासले सबैमा अपिल गरेको छ । प्रतियोगिता पुष  २७ गते आईतबार दिउसो १ बजे हुने कार्यतालिका  रहेको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु