मंगलवार ५ श्रावण, २०८३ (Tuesday July 21, 2026)

सिंखडाकाे हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ।

आईतवार २९ असार, २०८२ Bichar Batika 1625


सिंखडाकाे हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ।

असार २९ काठमाडौं , शैक्षिक परामर्श व्यवसायी शिशिर सिंखडाले हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।
 डेढ दशकदेखि क्याम्ब्रिज मार्फत उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका सिंखडाले काठमाडौंको बुढानिलकण्ठ–८, भंगालमा हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।‘स्वस्थ खाना खाउँ, स्वस्थ जीवन जिउँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको हङ्ग्री वेल्समा रेष्टुरेन्टमा स्थानीय नेपाली परिकारदेखि इण्डियन,कन्टिनेन्टल लगायतका परिकारहरु पाइन्छ। 

शान्त, स्वच्छ वातावरणमा रहेको हङ्ग्री वेल्सले ग्राहकलाई फरक स्वादसँगै न्यानो आतिथ्यता प्रदान गर्ने सञ्चालक शिशिर सिंखडाले बताउनु भयो । ‘हङ्ग्री वेल्समा तपाईहरुले नेपाली परिकारदेखि इण्डियन, चाइनिज, इटालियन लगायतका परिकारहरु पाउनु हुन्छ ।’ गुणस्तरीय र स्वस्थ परिकार प्रदान गर्नु हङ्ग्री वेल्सको मुख्य उद्देश्य रहेको उहाँको भनाई छ ।स्वच्छ र स्वस्थ परिकार निर्माणका लागि हङ्ग्री वेल्सले स्टार होटलमा काम गरेका कुकको व्यवस्थापन गरेको छ । ‘हामीले खाने हरेक परिकार स्वच्छ, स्वस्थवर्धक हुनुपर्छ भन्ने मान्यता राखेकाले स्वच्छता र स्वस्थता कायम गर्न हरेक परिकारमा प्रयोग हुने खाद्य सामानहरुको गुणस्तरीयता मापन गरेर प्रयोग गरेका छौं ।’ सञ्चालक सिंखडाले भन्नुभयो ।करिब एक करोड लगानीमा सञ्चालनमा ल्याइएको हङ्ग्री वेल्स रेष्टुरेन्ट पारिवारिक वातावरणमा बसेर समय व्यतित गर्न सकिन्छ । हङ्ग्री वेल्सका परिकारहरुलाई फुडमाण्डु, पठाओ फुड, भोज डील लगायतका अनलाइन प्लेटफर्मबाट होम डेलिभरीबाट पनि ग्राहकको घरघर पुर्याउने लक्ष्य छ । सञ्चालक सिंखडाले केही समयभित्रै होम डेलिभरीको सेवा सुरु गर्ने जानकारी दिनुभयो ।

हङ्ग्री वेल्सलाई निकटभविष्यमै फ्रेन्चाइज मोडलमा समेत लैजाने लक्ष्य लिइएको छ । 
उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर हस्पिटालिटी क्षेत्रमा केही गरौं भन्ने सोचका साथ आएका सिंखडाले हङ्ग्री वेल्स हस्पिटालिटी क्षेत्रमा नेपालकै नमूना हुने जिकीर गर्नुभयो । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु