सोमबार २२ भाद्र, २०८३ (Monday September 07, 2026)

नवगायक संकल्पको स्वर संगीतमा रहेको ‘झुठै भएनी’ सार्वजनिक ।

सोमबार २६ जेष्ठ, २०८२ Bichar Batika 1251


नवगायक संकल्पको स्वर संगीतमा रहेको ‘झुठै भएनी’ सार्वजनिक ।

जेष्ठ २६  काठमाडौं , नवगायक संकल्प श्रेष्ठको शब्द ,संगीत र स्वर रहेको  गीत  ‘झुठै भएनी’ सार्वजनिक भएको छ।

झुठै भएनी गीतकाे  म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेकाे छ भने , भिडियोलाई जीवन्त बनाउन कलाकार सागर थापा ( धुर्व) ,मनिषा गुरुङ र रोहन नेपालीको अभिनय देख्न पाइन्छ।भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारी, सम्पादन अनुप  गुरुङ र  कथा, पटकथा र सह-निर्देशन सैलेश त्साजनले गरेकाे छ।

चंगा प्रोडक्सनको प्रस्तुति रहेको म्युजिक भिडियो गायक श्रेष्ठकै युट्युब च्यानल ‘संकल्प  श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो। भिडियोका निर्माता विवेक गुरुङ हुन् ,निर्माण टोलीले भिडियो हेरेर आफ्ना सुझाव तथा प्रतिक्रिया दिन सबै दर्शक-श्रोतालाई आग्रह गरेको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु