मंगलवार ८ श्रावण, २०८१
श्रवण ८ रामेछाप , नेकपा (एमाले) रामेछाप -काठमाडौं सम्पर्क मञ्चले कम्युनिष्ठ पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दी तथा ४६ औं स्मृति दिवसको अवसरमा आयाेजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साताैं दिनकाे आठौं कार्यक्रम पुष्पलाल स्मृति पार्क भंगेरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ ।


नेकपा( एमाले)रामेछाप -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र)काे अध्यक्षता , पार्टीको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा नेकपा ( एमाले) रामेछाप जिल्ला कमिटी र रामेछाप नगर कमिटीको सहकार्यमा आयाेजना गरिएकाे वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि,अतिथिहरू लगायत सहभागी रामेछाप -काठमाडौं सम्पर्क मञ्च र रामेछाप जिल्लाका नेता तथा कार्यकर्ताहरूले १५० वटा भन्दा बढि विभिन्न जातका बिरूवाहरू राेपेकाे थियाे ,वृक्षारोपणकाे लागि सबै विरूवा मन्थली नगरपालिकाले उपलब्ध गराई दिएको सम्पर्क मञ्चको अध्यक्ष भण्डारीले जानकारी गराउनु भयाे ।


सम्पर्क मञ्च द्वारा आयाेजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ९ औं दिनकाे ९ औं कार्यक्रम श्रावण ९ गते बेलुका पाँच बजे भूपू सैनिक हल च्यालमा सप्ताहव्यापी कार्यक्रमकाे बारेमा पत्रकार सम्मेलन गरि समापन गर्ने समेत अध्यक्ष भण्डारीले जानकारी गराउनु भएकाे छ ।
![]()

