आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

निर्वाचन आयाेग द्वारा उपनिर्वाचनकाे लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त ।

सोमबार २६ कार्तिक, २०८१ Bichar Batika 2081


निर्वाचन आयाेग द्वारा उपनिर्वाचनकाे लागि मुख्य निर्वाचन अधिकृत र  अधिकृतहरू नियुक्त ।

कार्तिक २६ काठमाडौं , मंसिर १६ गते हुन गहिरहेकाे स्थानीय तहकाे उपनिर्वाचनकाे लागि निर्वाचन आयाेगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेकाे छ ।
  स्थानीयतह निर्वाचन ऐन २०७३काे दफा ७ बमोजिम आजै बाट लागुहुने गरि ३२ जना जिल्ला न्यायाधीश लाई विभिन्न स्थानमा मुख्य  निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृत नियुक्त गरेकाे निर्वाचन आयाेगका प्रवक्ता नारायण प्रसाद सापकोटाले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनु भएकाे थियाे ।
  निर्धारित कार्यतालिका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट कार्तिक ३० गते शुक्रबार सम्म सम्बन्धित स्थानिय तहकाे केन्द्र रहेकाे स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचन  व्यवस्थापन सम्बन्धित कार्यसम्पादन गरिने प्रवक्ता सापकोटाले जानकारी गराउनु भयाे ।

 

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु