सोमबार ८ मंसिर, २०८३ (Monday November 23, 2026)

प्रधानमन्त्री शाह भारत पुगे, विमानस्थलमा भारतीय सेनाद्वारा सलामी

आईतवार ७ मंसिर, २०८३ Bichar Batika 1111


प्रधानमन्त्री शाह भारत पुगे, विमानस्थलमा भारतीय सेनाद्वारा सलामी

मंसिर ६, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका छन् ।
प्रधानमन्त्री शाहसहितको नेपाली प्रतिनिधिमण्डल सवार नेपाल वायुसेवा निगमको विमान आइतबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।
प्रधानमन्त्री शाहको स्वागतमा विमानस्थलबाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । त्यसक्रममा भारतीय सेनाले उनलाई सलामी दिएको थियो । भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई विमानस्थलमा सम्मानस्वरूप सलामी दिएका हुन् ।
रोचक पक्ष के छ भने, प्रधानमन्त्री शाहले नेपालबाट भारत प्रस्थान गर्दा नेपाली सेनाबाट सम्मान गारत (गार्ड अफ अनर) लिएका थिएनन् । कुनै विशेष तामझामबिना नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका उनले भारतमा भने सैनिक सलामी पाएका छन् ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै नयाँदिल्लीस्थित ताज होटल पुगेका छन् । होटलमा परराष्ट्र मन्त्रालय तथा भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले उनलाई भ्रमणका विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
त्यसपछि भारतीय समयअनुसार साँझ ६ बजे प्रधानमन्त्री शाहले भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उक्त भेटमा नेपाल–भारतबीच हुने द्विपक्षीय छलफलका एजेन्डाबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र भारतका अधिकारीहरूले तयार पारेका द्विपक्षीय एजेन्डामाथि भेटवार्ताका क्रममा छलफल हुनेछ । प्रधानमन्त्री शाहको यस भ्रमणलाई दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु