मंगलवार १२ जेष्ठ, २०८३ (Tuesday May 26, 2026)

जुन संकल्प लिएर सरोकार समाज स्थापना भएको थियो आज त्यो पूरा भएको छ: उप सचिव थापा

शनिबार २५ चैत्र, २०७९ कुमार श्रेष्ठ 2788


जुन संकल्प लिएर सरोकार समाज स्थापना भएको थियो आज त्यो पूरा भएको छ: उप सचिव थापा

    चैत २५ काठमाडौं ,गोठगाउँ सरोकार समाज द्वारा आयोजीत नव वर्षको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार महालेखा परिक्षक कार्यलयका उप सचिव लेख बहादुर थापाले  गोठगाउँमा जुन संकल्प लियर २०७५ साल पुस ९ गते गोठगाउँ सरोकार समाज स्थापना भएको थियो आजको दिन सम्म आहिपुग्दा ती संकल्पहरू पूरा भएको बताउनुभएको छ।

   उप सचिव थापाले सरोकार समाजले गोठगाउँमा गरेको सबै सामाजिक कार्यहरूमा आफू प्रत्यक्ष रूपमा सहभागी हुन नसकेतापनि सामाजिक सन्जाल बाट जानकारी लिईरहेको कुरा बताउनु हुँदै, सामाजिक कार्यमा सरोकार समाजले निरन्तरता दिइरहन सफल रहोस भन्दै शुभकामना समेत व्यक्त गर्नु भयो ।

  गोठगाउँ सरोकार समाजले जस्तै विचार वाटिका मिडिया प्रा.लि. ले पनि गोठगाउँको सत्य तथ्य समाचार प्रचारप्रसार गर्दै आइरहेको आफुले पनि सामाजिक संनजालबाट जानकारी लिइरहेको कुरा बताउनु हुँदै, यस कार्यलाई पनि सधै निरन्तरता दिइरहन सफल रहोस भनी शुभकामना व्यक्त गर्नुभयो, आफू पनि गोठगाउँकै सरोकारवाला रहेकोले गोठगाउँ सरोकार समाजसगै जोडियर सरोकार समाजको प्रत्यक कार्यक्रमको सरोकार राख्न चाहाएको समेत उप सचिव थापाले कार्यक्रममा जानकारी गराउनु भयो।

तस्बिर: खिल ब.श्रेष्ठ

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु