शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको मापदण्डमा हेरफेर

सोमबार ७ चैत्र, २०७८ विचारवाटिका 1562


स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको मापदण्डमा हेरफेर

चैत्र ७ काठमाडौं,  नेकपा (एमाले)ले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको मापदण्डमा हेरफेर गरेको छ । 
पोलिटब्यूरो बैठकमा आएका केही सुझावका आधारमा उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गरेको हो ।
प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव भएको छ । 

आजबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ । त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउ ँकमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ । प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताउनु भयो । उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले निर्णय गर्नेछ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु