मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

सार्वजनिक यातायातको भाडा समन्वय गर्नुपर्ने महासंघको माग

आईतवार २९ फाल्गुन, २०७८ विचारवाटिका 2111


सार्वजनिक यातायातको भाडा समन्वय गर्नुपर्ने महासंघको माग

फागुन २९ काठमाडौं , नेपाल यातायात व्यवसायी महासंघले सार्वजनिक यातायातको भाडा समन्वय गर्नुपर्ने माग गरेको छ ।

इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिका बाबजुद सरकारले भाडा समन्वयमा बेवास्ता गरेको महासंघले आज पत्रकार सम्मेलन गरी बताएका छन् । इन्धनको मूल्य अत्यधिक बढेपछि यातायात व्यवसायीले भाडा वृद्धि गर्नुपर्ने माग गर्न बाध्यता भएको महासंघको भनाइ छ । 
महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले पछिल्लो समय इन्धनमा भएको मूल्य वृद्धिको विरोध गर्दै आगामी चैत ७ गतेसम्म भाडा समायोजन नभएमा बाध्य भई वैज्ञानिक भाडा कार्यविधिलाई आधार मानी महासंघले नै भाडा समायोजन गर्ने बताए ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु