शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

शर्मालाई हराउँदै विसी विजयी

बुधबार २८ पुष, २०७८ विचारवाटिका 2105


शर्मालाई हराउँदै विसी विजयी

पुस २८, सुर्खेत । नेकपा (एमाले) सुर्खेत जिल्लाको अध्यक्षमा अमृत विसी विजयी भएका छन् । 
प्रतिस्पर्धी डण्डिप्रसाद शर्मालाई चुनावी प्रक्रियामा हराउँदै विसी निर्वाचित भएका छन् ।

आज बिहान सकिएको अन्तिम मत परिणामअनुसार विसीले ३६८ र शर्माले २६७ मत ल्याएका निर्वाचन समितिका सदस्य गंगाराम तिमिल्सिनाले बताए ।

उपाध्यक्षमा पनि विसी प्यानलकै कूलमणी देवकोटा निर्वाचित भएका छन् । देवकोटाले ३९४ मत ल्याउँदा शर्मा प्यानलका ऋषी गिरीले २२६  मत ल्याएका छन् ।

त्यस्तै सचिवमा कविन्द्र कुमार केसीले ३९० मत ल्यायर विजयी हुँदा अर्का प्रतिस्पर्धी रेशम रानाले २३३ मत ल्याएका छन् ।

उपसचिवमा पनि विसी प्यानलकै दुवै उम्मेदवार निर्वाचित भएका छन् । उपसचिवमा घनश्याम पाण्डे (३९१) र बलबहादुर नेपाली (३६९) विजयी भएका हुन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु