बुधबार २४ असार, २०८३ (Wednesday July 08, 2026)

पोर्चुगललाई १-० ले हराउँदै स्पेन साेर वर्ष पछि क्वार्टरफाइनलमा प्रवेश ।

मंगलवार २३ असार, २०८३ Bichar Batika 1128


पोर्चुगललाई १-० ले हराउँदै स्पेन साेर वर्ष पछि क्वार्टरफाइनलमा प्रवेश ।

असार २३ काठमाडौं , अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले हराउदै  स्पेन १६ बर्षपछि फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समय (इन्जुरी समय) मा फेरान टोरेसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै मिकेल मेरिनोले पहिलो मिनेटमा गरेकाे गाेलनै स्पेनकाे लागि  निर्णायक गाेल बन्याे तेहि एक गोलले गर्दा  स्पेनका  क्वार्टरफाइनल पुग्ने सफल भयाे ।
खेलभरि नै स्पेनले बल पोजिसन, आक्रामक रणनीति र अवसर सिर्जनामा पोर्चुगलमाथि स्पष्ट दबाब कायम राखेको थियो , यद्यपि, पोर्चुगलको बलियो रक्षापंक्तिका कारण गोलका लागि स्पेनले अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो ।
यसअघि  सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन ,सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ मा रोकिएको थियो ।

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु