बिहीबार ४ मंसिर, २०८२
मंसिर ४ काठमाडौं , नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले चितवन राइनाेजलाई छ विकेटले हराउँदै जित हासिल गर्न सफल भएकाे छ ।
चितवन राइनाेले दिएको १४३ रनको लक्ष्य लुम्बिनील लायन्सले १८ ओभर ३ बलमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियाे ,
लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाएकाे थियाे भने कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० र जेजे स्मित ४ रन बनाएकाे साथै बलिङमा चितवनका रिजन ढकालले २ विकेट र सोहिल तन्विरले एक विकेट लिएका थिय ।
कीर्तिपुरकाे टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनाेजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियाे ।