शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

जङ्गी अड्डाको निरीक्षण गर्दे रक्षामन्त्री रिजाल

आईतवार ३१ आश्विन, २०७८ विचारवाटिका 1929


जङ्गी अड्डाको निरीक्षण गर्दे रक्षामन्त्री रिजाल

असोज ३१, काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आज जंगी अड्डाको निरीक्षण गरेका छन् ।

 राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने रक्षामन्त्री रिजालले बताए । साथै सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएको जङ्गी अड्डाले जनाएको छ ।

त्यसअघि रक्षामन्त्रीलाई स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए । साथै नेपाली सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा जोड दिएका छन् ।
 




मतहरू

Wheetabar

safe cialis online IT would take time


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु