मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

एमालेका सबै जनप्रतिनिधिहरु पार्टी विभाजनको विपक्षमा 

बुधबार १६ भाद्र, २०७८ विचारवाटिका 2887


एमालेका सबै जनप्रतिनिधिहरु पार्टी विभाजनको विपक्षमा 

भदौ १६, दोलखामा नेकपा एमालेबाट निर्वाचित भएका सबै जनप्रतिनिधिहरुले पार्टी विभाजनमा साथ नदिने निर्णय गरेका छन् । माधव नेपाल समुहले नेकपा एकिकृत समाजवादी पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका थिए । सरकारले राजनीतिक दलसँगै जनप्रतिनिधिहरुलाई समेत विभाजन गर्नेगरी २१ दिनभित्र नयाँ दल रोज्न पाउने अध्यादेश ल्याएपनि दोलखामा निर्वाचित सबै जनप्रतिनिधिहरुले विभाजनको विपक्षमा उभिने निर्णय गरेका छन् । 
प्रत्यक्ष निर्वाचित संघीय सांसद पार्वत गुरुङसहित जिल्लाका सबै जनप्रतिनिधिहरुले मुलघरमै रहेर पार्टी एकताको सन्देश दिएका छन् । 

पार्टी एउटै हुँदा माधव समुहकी नेतृ समेत रहेकी प्रदेशसभा सांसद रचना खड्का दल विभाजनमा साथ नदिने निर्णय पुगेकी छन् । वाग्मती प्रदेशका १२ जना एमाले सांसदले मंगलबार नयाँ दल रोज्दा सांसद खड्का त्यहाँ सहभागि भइनन् । 

जिल्लाका ९ स्थानीय तहमध्ये दुई नगरसहित ७ वटा स्थानीय तहका प्रमुखहरु एमालेबाट निर्वाचित हुन् । उनीहरु सबै एमालेमै रहने भएका छन् । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, जिरी नगरप्रमुख टंक जिरेल, तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ, शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल, कालिञ्चोक गाउँपालिका प्रमुख विन कुमार थामी र गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयम बहादुर खड्काले एमाले छाड्न नसकिने बताएका छन् । 

यसैगरी एमालेबाट निर्वाचित ७ उपप्रमुखमध्ये ६ जनाले भने एमालेमै रहने निर्णय गरिसकेका छन् । भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत, जिरी नगर उपप्रमुख कृष्णमाया बुढाथोकी, तामाकोसी गाउँपालिका उपप्रमुख उर्मिला खड्का, कालिञ्चोक गाउँपालिका उपप्रमुख कालिका पाठक, गौरीशंकर गाउँपालिका उपप्रमुख उर्मिला थामी र शैलुङ गाउँपालिका उपप्रमुख लालमाया योञ्जन एमालेमै रहने भएका हुन् । मेलुङ गाउँपालिका उपप्रमुख कल्पना भण्डारी अनिर्णित रहेको बताईएको छ । उनका श्रीमान शिव प्रसाद भण्डारी हाल एकिकृत समाजवादीमा खुलेका छन् । 

जिल्लामा जम्मा ६७ वटा वडा छन् । जसमध्ये स्थानीय तहको निर्वाचनमा एमालेबाट ३९ जना वडाध्यक्ष निर्वाचित भएका थिए । एकाधबाहेक पार्टीबाट निर्वाचित सबै वडाअध्यक्षहरु एमालेमै रहेका छन् । एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले विभाजित भएर बनेको पार्टीको हातल इतिहासमा देखिईसकेको भन्दै त्यस्तो गल्ती नदोहोरिने गरी दोलखाका जनप्रतिनिधिहरु पार्टीको पक्षमा दृढतापुर्वक उभिएको बताए ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु