शुक्रबार ११ बैशाख, २०८३ (Friday April 24, 2026)

नेपालमै पहिलो पटक रोवटिक सर्जरी सुरु हुँदै

शुक्रबार २२ श्रावण, २०७८ विचारवाटिका 2209


नेपालमै पहिलो पटक रोवटिक सर्जरी सुरु हुँदै

श्रावण २२, काठमाडौं । काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक क्रेनियल रोवर्टबाट न्यूरो सर्जरी सेवा सुरुआत गर्ने भएको छ ।
 सुपर स्पेसियालिटीको हब बनाउँदै रोवटिक न्यूरो सर्जरी सेवा सुरु गर्न लागेका छौं भन्दै केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिएका हुन् ।


केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी सुरु गर्न लागेको उनले बताए ।

न्यूरो सर्जरीमा एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरणहरू खरिद गरी जडानसमेत गरिसकिएको कलेजले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।


‘हामीले दक्षिण एशियाली राष्ट्रहरुमा भारतपछि नेपालमा क्रेनियल रोवर्टबाट पहिलो पल्ट न्यूरो सर्जरी शुरु गर्दैछौं । यसले नेपालको न्यूरो सर्जरीमा क्रान्ति ल्याउने अपेक्षा गरेका छौं’ डा. शर्माले भने ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु