मंगलवार १९ जेष्ठ, २०८३ (Tuesday June 02, 2026)

गाेठगाउँमा स्वास्थ्य शिविर हुदै

शुक्रबार १७ चैत्र, २०७९ विचारवाटिका 2797


गाेठगाउँमा स्वास्थ्य शिविर हुदै

 चैत १७ रामेछाप , रामेछाप नगरपालिका वडा नं १ गाेठगाउँ स्वास्थ्य चाैकिमा चैत १८ गते शनिबार स्वास्थ्य शिविर हुन गहिरहेकाे छ ।

 रामेछाप नगरपालिकाको आयाेजनामा जिल्ला अस्पताल रामेछापका बिशेषज्ञ डाक्टर द्वारा शिविरमा विभिन्न राेगहरूकाे परिक्षण गरिने गाेठगाउँ स्वास्थ्य चाैकिका इन्चार्ज संजय कुमार खड्काले सुचना मार्फत जानकारी गराउनु भएकाे छ ।

सुचनामा जानकारी गराय अनुसार निम्न राेगहरूकाे परिक्षण गरिनेछ, जसमा क्षयराेग (T.B.) का बिरामी पत्ता लगाउन खकार परिक्षण ,स्तन क्यान्सर साथै सर्भाइकल क्यान्सर पत्ता लगाउन VIA Screening जाँच पाठेघर खस्ने समस्या ,नाक,कान,घाँटी,आँखा ,दार्त र गर्बवती महिलाहरूकाे लागि भिडियाे एक्सरे सेवा समेत शिविरमा उपलब्ध हुने इन्चार्ज खड्काले जानकारी गराउनु भएकाे छ।

  शिविर चैत १८ गते शनिवार बिहान १० बजे देखि दिउसाे ४.०० बजे सम्म गाेठगाउँ स्वास्थ्य चाैकीमा हुन गहिरहेकाेले सम्पूर्ण गाेठगाउँ -गाेठपानी वासीलाई शिविर अबधिमा आएर माैकाकाे फाईदा लिन समेत इन्चार्ज खड्काले जानकारी गराउनु भएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु