आईतवार २१ भाद्र, २०८३ (Sunday September 06, 2026)

युवा समिति रामेछापले गर्यो स्वास्थ्य सामग्री सहयोग 

शुक्रबार २१ जेष्ठ, २०७८ विचारवाटिका 2596


युवा समिति रामेछापले गर्यो स्वास्थ्य सामग्री सहयोग 

जेठ २१, रामेछाप । कोभिड-१९ महामारी विरुद्दको अभियानका लागि जिल्ला युवा समिति रामेछापले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

जिल्ला युवा समिति रामेछापको पहलमा राष्ट्रिय युवा परिषदको तर्फबाट प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीले बताए ।

समितिले सर्जिकल मास्क १० हजार थान, स्यानिटाइजर ५० लिटर, फेस सिल्ड ३ सय थान र पीपीई सेट १ सय थान स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई हस्तान्तरण गरेको छ ।

युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेलको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त भएको सामाग्री स्वास्थ्य कार्यालय रामेछापमा हस्तान्तरण गरिएको युवा समिति रामेछापका अध्यक्ष कार्कीले बताए । 

विभागले स्वास्थ्य कार्यालयलाई पठाएका सामग्रीमा २ सय थान गाउन, १ सय थान एन९५ मास्क, २ हजार थान सर्जिकल मास्क, २ सय थान फेस सिल्ड, थर्मल गन ३ वटा र पञ्जा ५ सय जोर रहेका छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु