शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

नेकपा एमालेले चौलागाईको निधनमा ३ दिन झण्डा झुकाउने

बुधबार २९ बैशाख, २०७८ विचारवाटिका 2560


नेकपा एमालेले चौलागाईको निधनमा ३ दिन झण्डा झुकाउने

बैशाख २९, काठमाडौं । कोरोना संक्रमणका कारण बुधबार निधन भएका नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा एमालेले तीन दिनसम्म आधा झण्डा झुकाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।

नेताहरुले एमाले केन्द्रीय कार्यालयको ढोकामा स्वर्गीय चौलागाईको फोटोमा माल्यार्पण गरी अन्तिम श्रद्धान्जली दिएका छन् । 

पशुपति आर्यघाटमा नेता चौलागाईंलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । 

पार्टी केन्द्रीय कार्यालयमा ३ दिन शोक पुस्तिका राखिने र श्रद्धाञ्जली दिन चहानेहरुले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आएर दिन सक्ने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले बताए । 

यसअघि मनमोहन अस्पतालमा सन्चारमन्त्री गुरुङले राष्ट्रिय झण्डा र अमृत बोहोराले पार्टीको झण्डा ओढाएर चौलागाईंलाई सम्मान गरेका थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु