शनिबार २३ जेष्ठ, २०८३ (Saturday June 06, 2026)

नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा

आईतवार २ बैशाख, २०८१ विचारवाटिका 1769


नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा

नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा न : १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको बर्ष झै भगवान माङ्चेभुमेको जात्रा लागेको छ । शिवपुरी गाउँपालिका वडा न १ दिङ्गाममा अवस्थित यस मन्दिरलाइ पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन । शिवपुरी गाउँपालिकाको अध्यक्ष गोबिन्द थपलियाले रिवन काटेर उदघाटन गरिएको यस जात्रामा हजारौ भक्तालुजनहरुले प्रत्यक्ष दर्शन गरिएको थियो।



शिवपुरी वडा नम्बर १ का वडाध्यक्ष सुकुराम तामाङ सहित स्थानीय सरकारका प्रमुखहरु उपस्थीत भएको यस जात्रामा दर्जनौ झाक्री सुमुहहरु उपस्थीत भएको थियो । पुजा पपश्चात पालिका अध्यक्ष ज्युले मिडियाकर्मीहरुसङ्ग बोल्दै सुरुवाती बर्षदेखी पालिकाबाट जात्रा ब्यवस्थापनमा बजेट हालेको जानकारी दिदै गाउँपालिकाको नै महत्वपूर्ण धार्मिक स्थललाई पर्यटन क्षेत्रको रुपमा विकास गराउन सके यस क्षेत्रको जनताहरुको आर्थिक तथा सांस्कृतिक पाटो अझै बलियो हुने जानकारी पनी दिए ।



वडाबाट सकेको सहयोग गरेको जानकारी दिदै वडाध्यक्ष सुकुराम तामाङ ज्युले अझै यस ठाउको प्रचार प्रसार गर्न सके आर्थिक लाभ लिन सकिने जानकारी दिए। साथै अवको दिनमा प्रदेश तथा केन्द्रको बजेट हालेर अझै ब्यवस्थीत बनाउनेमा पहल गर्ने जानकारी पनि दिए । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु