श्रावण २३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रक...
श्रावण १७, काठमाडौं । नेपाल विद्यार्थी संघले परीक्षा दिनुअघि सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो । श्रावण ३१ गते देखि शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी...
श्रावण १०, काठमाडौं । झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु हुदैं छ । आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा शुरु भएको छ । भोलिबाट भने व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन्...
असार १४, काठमाडौं । तीन विद्यार्थी संगठनले विभिन्न माग राख्दै पाटन संयुक्त क्याम्पसमा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले तालाबन्दी गर्नुका साथै तोडफोड ग...
असार १३, काठमाडौं । विद्यार्थीहरूले एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको भन्दै त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेका छन् । त्रिवि घडी भवनअगाडि आइतबार भेला भएका युवाहरूले त्रिवि विद्यार्थी संघर्ष समिति नामक ब्यानरबाट प्रदर्शन गरे । प्राविधिक बाहेकका मानविकी, शिक्षाशास्...
असार १, काठमाडौं । आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ । मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु गर्ने कार्यतालिका बनेको, सामुदायीक...
जेठ ३१, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० गते भित्र विद्यार्थीको प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन देशभरका विद्यालयलाई निर्देशन दिएको छ । सोमबार...
जेठ २६, काठमाडौं । लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिएका छन् । केही निजी प्रकाशकले भने नेपालको पुरानो नक्सा नेै छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले...
जेठ २०, काठमाडौँ । आर्थिक वर्ष ०७८/७९ को जेठ १५ गते सार्वजनिक गरिएको बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने र जनक शिक्षा साम...
जेठ १९, काठमाडौं । अब थप हुने निषेधाज्ञामा पुस्तक पसल खोल्ने तयारी नभएको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले स्पष्ट पारेका छन् । पुस्तक पसल र स्टेसनरी खोल्ने तयारी रहेको चर्चा सामाजिक सञ्जालमा आएपछि निरौलाले पुस्तक पसल खोल्ने तयारी नरहेको स्पष्ट पारेका हुन् । काठमाडौंक...
जेठ १७, काठमाडौं । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निणर्य गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताएका छन् । गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन...
जेठ ७, ललितपुर । विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट मूल्यांकन गर्न ललितपुर महानगरले निर्देशन दिएको छ । शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले शुक्रबार सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्यांकनको आधारमा गरिएको परिक्षाको आएको नति...
वैशाख २९, काठमाडौं । एक अध्ययनका अनसार भारतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) बी.१.६१७ मा पनि कोरोना खोपले काम गरेको छ । बेलायती र भारतिय वैज्ञानिकले संयुक्त रुपमा गरेको अध्ययनमा उक्त भेरियन्टले खोपले शरीरमा विकास गरेको एन्टिबडीलाई छलेर संक्रमित भने बनाउन सक्ने पाइएको छ । भारतमा देख...
वैशाख २७, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निणर्य गरेको छ । यसअघि नै बोर्डले एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । बोर्डका सदस्यहरुले अबको १५ दिनभित्र परीक्षा मोडल त...
वैशाख ६, काठमाडौं । आगामी जेठ २२ गते भन्सार एजेन्टको आवेदन दिएका विद्यार्थीहरुको लिखित परिक्षा गर्ने निर्धारण गरिएको छ । भन्सार विभागले दुई दशकपछि पहिलो पटक ६६० जना भन्सार एजेन्ट थप गर्न लागेको हो । विभागको लाइसेन्सबिना भन्सार एजेन्टले काम गर्न पाउने छैनन् । परीक्षार्थीले नेपाल सरक...
वैशाख ६, काठमाडौं । छिमेकी मुलुकमा कोरोना भाइरसको दास्रो लहर सुरु भएसँगै नेपालमा पनि कोरोना संक्रमित बढ्दै गएका छन् । त्यसर्थ सरकारले कोभिड–१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द...
चैत ३१, काठमाडौं । काठमाडौं उपत्यकासहित व्यस्त सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । कोरोना भाइरसको आजकाल देखिएको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको वि...
चैत २६, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहर छिमेकी मुलुकमा देखिएकाले नेपालमा पनि फेरी फैलिन सक्ने डरले काठमाडौं विश्वविद्यालय (केयू)ले पुनः अनलाइन माध्यमबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । बिहिबारदेखि विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्र...
चैत २२, काठमाडौं । श्री हिमगंगा उच्च माध्यमिक विद्यालय रामेछाप न.पा.३ साघुटारमा अध्यनरत पूर्व विद्यार्थी समाज (२०५३ ब्याजी)ले नयाँ वर्ष २०७८ सालको शुभकामना आदान–प्रधान तथा वनभोज कार्यक्रमको आयोजना गरी अवकाशप्राप्त शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका छन् । सम्मानित हुनेहरुमा अवकाश भ...
चैत १७, हेटौंडा । भोलि देखि हेटौंडा उपमहानगरपालिका भित्रका निजी विद्यालयहरु खोल्न निजी तथा आवसीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) मकवानपुरले अनुरोध गरेको छ । आज उपमहानगरपालिकाले संयुक्त रुपमा एक सूचना जारी गर्दै हेटौंडा उपमहानगरपालिका भित्र घाम लागेको र वातावरण अनुकुल बन्दै गएको भन्दै भोलिदे...