शनिबार १० आश्विन, २०८३ (Saturday September 26, 2026)

आज इन्द्रजात्रा : उपत्यकामा सार्वजनिक बिदा, हनुमानढोकामा भव्य जात्रा

शुक्रबार ९ आश्विन, २०८३ Bichar Batika 1121


आज इन्द्रजात्रा : उपत्यकामा सार्वजनिक बिदा, हनुमानढोकामा भव्य जात्रा

असाेज ९ काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक एवम् सांस्कृतिक पर्व इन्द्रजात्रा आज शुक्रबार धुमधामका साथ मनाइँदैछ,इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा काठमाडौंको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो,जात्राका क्रममा हनुमानढोका दरबार क्षेत्रलगायत उपत्यकाका विभिन्न स्थानमा परम्परागत पूजा, रथयात्रा, नाचगान तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन्।
इन्द्रजात्राको मुख्य आकर्षण जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा हो,लाखे नाच, पुलुकिसी, समयबजी तथा विभिन्न परम्परागत सांस्कृतिक झाँकीले जात्राको रौनक थप्ने गर्छ।
इन्द्रजात्रा केवल धार्मिक पर्व मात्र नभई काठमाडौं उपत्यकाको पहिचान, मौलिक संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदाको उत्सवका रूपमा समेत लिइन्छ।
सार्वजनिक बिदाका कारण आज उपत्यकाका सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन्,जात्राका मुख्य क्षेत्रमा भक्तजन तथा सर्वसाधारणको भीड बढ्ने भएकाले यातायात व्यवस्थापन र सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु