शुक्रबार ९ आश्विन, २०८३ (Friday September 25, 2026)

गुटेरेससँग प्रधानमन्त्री शाहको भेटवार्ता : भोटेकोशी विपद्, पुनर्वास र जलवायु संकटमा छलफल

शुक्रबार ९ आश्विन, २०८३ Bichar Batika 1066


गुटेरेससँग प्रधानमन्त्री शाहको भेटवार्ता : भोटेकोशी विपद्, पुनर्वास र जलवायु संकटमा छलफल

असाेज ९ काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार न्यूयोर्कमा भेटवार्ता भएको छ,राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि गुटेरेससँग भेट गरेका हुन्।
भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु संकटका विषयमा नेपालसँग संयुक्त राष्ट्रसंघको ऐक्यबद्धता रहने बताए। उनले युवा नेपाली प्रतिनिधिमण्डलको समेत प्रशंसा गरे।
प्रधानमन्त्री शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको र हिमताल फुट्ने जोखिम अझै कायम रहेको जानकारी गराए। उनले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै सफल कार्यकालको शुभकामना दिए।
भेटमा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण र जलवायुजन्य विपद् न्यूनीकरणका विषयमा छलफल भएको थियो। साथै, एलडीसी सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न आवश्यक समर्थनबारे पनि कुराकानी भएको थियो।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु