बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

भुवन केसी निर्देशित ‘बाटुलो जून’ तिहारमा प्रदर्शन हुने

बुधबार ७ आश्विन, २०८३ Bichar Batika 1148


भुवन केसी निर्देशित ‘बाटुलो जून’ तिहारमा प्रदर्शन हुने

असोज ७, काठमाडौं । अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ आगामी कात्तिक २६ गते (१२ नोभेम्बर) अर्थात् भाइटीकाको भोलिपल्टदेखि प्रदर्शनमा आउने भएको छ ।
निर्माण पक्षले बुधबार पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि दसैंको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको फिल्मलाई दसैंमा अन्य चलचित्रको प्रदर्शन चाप उच्च भएपछि तिहारमा सारिएको हो ।
दसैंमा अन्य चार फिल्म प्रदर्शनमा आउने र थप अर्को फिल्म पनि रिलिज हुने भएपछि पर्दा बाँडफाँडमा समस्या आउन सक्ने प्रदर्शक तथा वितरकको सुझावअनुसार नयाँ मिति तय गरिएको निर्देशक भुवन केसीले बताएका छन् ।
यसअघि दसैंको अवसरमा प्रदर्शनमा आउने वाचा गरे पनि दसैंमा अन्य चार फिल्म पनि प्रदर्शनमा आउने र थप अर्को फिल्म पनि आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै  नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेकाे भुवन केसीले बताउनु भयाे ।

सार्वजनिक पोस्टरमा अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल मुद्रामा देखिएका छन् ,अनमोलको लुक्सले ५० को दशकको झल्को दिन्छ ,पृष्ठभूमिमा बलिरहेको लाल्टिन र आकाशको टहटह जूनले उनीहरूबीचको आत्मीय सम्बन्धलाई प्रस्तुत गरेको छ , पोस्टरले फिल्म ग्रामीण परिवेशमा आधारित प्रेमकथा रहेको संकेत गर्छ ।
सानराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का रहेका छन् भने विवेक थापा सह-निर्मातामा रहेकाे छ ,सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको पटकथा तथा लेखन, राजेश श्रेष्ठकाे छायांकन, रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको फिल्ममा अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटी लगायतका कलाकारको अभिनय छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु