शनिबार २७ भाद्र, २०८३ (Saturday September 12, 2026)

वीरगञ्जको नारायणी अस्पतालबाट नवजात शिशु चोरी, शङ्कास्पद महिलाको खोजीमा प्रहरी

सोमबार १५ भाद्र, २०८३ Bichar Batika 1214


वीरगञ्जको नारायणी अस्पतालबाट नवजात शिशु चोरी, शङ्कास्पद महिलाको खोजीमा प्रहरी

भदाै १५ रौतहट, वीरगञ्जस्थित नारायणी अस्पतालबाट एक नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएपछि प्रहरीले शिशु लिएर फरार भएकी महिलाको व्यापक खोजी गर्न थालेको छ।
प्रारम्भिक जानकारीअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजेको समयमा एक महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाउँदै नवजात शिशुलाई लिएर अस्पताल परिसरबाट बाहिरिएकी थिइन्। त्यसपछि उनी शिशुसहित सम्पर्कविहीन भएको बताइएको छ।
प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला करिब ३० देखि ३५ वर्ष उमेरकी तथा तराई मूलकी देखिने बताइएको छ, घटनाको समयमा उनले रातो कुर्ता–सुरुवाल लगाएकी थिइन्।
घटना सार्वजनिक हुनासाथ प्रहरीले अस्पताल परिसर, आसपासका क्षेत्र तथा सम्भावित स्थानहरूमा खोजतलास तीव्र पारेको जनाएको छ, घटनासँग सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्नुका साथै आवश्यक प्रमाण संकलन र अनुसन्धानको काम पनि अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले शङ्कास्पद महिलालाई देख्ने वा उनको पहिचान तथा अवस्थिति सम्बन्धी कुनै जानकारी हुने सर्वसाधारणलाई तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउन आग्रह गर्दै नवजात शिशुको सुरक्षित उद्धारका लागि सहयोग गर्न सर्वसाधारणसँग अपिल गर्दै प्रहरीले कुनै पनि सूचना प्राप्त भएमा ढिलाइ नगरी प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु