मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

क्यानडाबाट निर्वाण र कुशको ‘लाली’ सार्वजनिक, हिपहप र र्‍यापको नयाँ स्वाद

सोमबार ८ भाद्र, २०८३ Bichar Batika 1117


क्यानडाबाट निर्वाण र कुशको ‘लाली’ सार्वजनिक, हिपहप र र्‍यापको नयाँ स्वाद

भदौ ८ काठमाडौं ,क्यानडामा बसेर नेपाली संगीतमा सक्रिय कलाकार एनभी निर्वाण र कुशको नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक भएको छ, ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रेम, युवापुस्ताको आकर्षण र नाइटलाइफलाई डान्स तथा पार्टी फ्लेभरमा प्रस्तुत गरिएको छ।

यसअघि ‘चिसो चिसो पानी’ र ‘दिनँ’ जस्ता ट्र्याकमा सहकार्य गरिसकेका निर्वाण र कुशले ‘लाली’मार्फत पनि आफ्नो सांगीतिक सहकार्यलाई निरन्तरता दिएका छन्, क्याची कोरस र ऊर्जावान् बीट रहेको गीतमा निर्वाण र कुशकै शब्द, संगीत तथा स्वर रहेको छ। गायिका सेरेनले स्वरमा साथ दिएकी छन् भने Lay Zy ले बीट प्रोडक्सन तथा संगीत संयोजन गरेका छन्।

‘निर्वाण रेकर्ड्स टोरोन्टो’ मा तयार पारिएको गीतमा निर्वाणको मेलोडिक हिपहप र कुशको इनर्जेटिक र्‍याप शैलीको मिश्रण सुन्न सकिन्छ,हरि हुमागाईंको निर्देशनमा तयार भएको भिडियोमा जेस्टीको कोरियोग्राफी तथा मोडल इभा गिरीको अभिनय रहेको छ। भिडियोको डीओपी तथा भिजुअल सम्पादन स्वयं निर्देशक हुमागाईंले गरेका हुन्। उत्तम हुमागाईंले सिनेमाटोग्राफी सम्हालेका छन् भने प्रबिन मानन्धरले भिडियोको कलरिङ तथा सम्पादन गरेका छन्।

सात समुद्रपारि रहेर पनि नेपाली हिपहप संगीतमा सक्रिय निर्वाण र कुशको यो प्रयासलाई प्रवासबाट नेपाली संगीतमा गरिएको नयाँ प्रयोगका रूपमा हेरिएको छ। डिजिटल प्लेटफर्म, टिकटक तथा रिल्सलाई समेत लक्षित गरी तयार पारिएको **‘लाली’**ले युवापुस्तामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।

 भिडियो ,

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु