बुधबार ३ भाद्र, २०८३ (Wednesday August 19, 2026)

आज पहाडी भुभागकाे धेरै स्थान र तराई भूभागकाे केहि स्थानमा मेघगर्जन सहित वर्षा हुने माैसम विदकाे अनुमान ।

बुधबार ३ भाद्र, २०८३ Bichar Batika 1098


आज पहाडी भुभागकाे धेरै स्थान र तराई भूभागकाे केहि स्थानमा मेघगर्जन सहित वर्षा हुने माैसम विदकाे अनुमान ।

भदाै ३ काठमाडौं ,आज पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ,कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
महाशाखाको अनुसार कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ , आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ , कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ , देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ,पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ , कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान, मधेस तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु