आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जित्न सफल ।

शनिबार १६ श्रावण, २०८३ Bichar Batika 1062


मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जित्न सफल ।

साउन १६ ललितपुर ,ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जित्न सफल भएकाे छ ।
प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भइन्,विभिन्न चरणको प्रतिस्पर्धा, प्रस्तुति तथा निर्णायक मण्डलको मूल्याङ्कनपछि विजेताहरूको घोषणा गरिएको थियाे ।
मिस नेपाल प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रियस्तरको प्रतिष्ठित सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगिता हो,यसमार्फत विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गर्नेछन्।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु