शनिबार २७ असार, २०८३
असार २७काठमाडौं , काठमाडाैंकाे बुद्धनगरमा पारिवारिक विवाद भएछपि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४५ वर्षीय आश्विन राउतले शनिबार आफ्नै घरको भान्सामा गएर शरीरमा आगो लगाएका थिए ,घटनापछि परिवार र स्थानीयको सहयोगमा उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएर उपचार भैरहेकाे प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जनारी गराउनु भयाे ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले उहाँको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएको थियाे, जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक भट्टराईका अनुसार चिकित्सकहरूले राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको र उहाँको अवस्था गम्भीर रहेको बताएका छन्।
प्रहरीका अनुसार राउत श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आउनुभएको थियो, घटना भएको समयमा भने श्रीमती र छोरा घरमा उपस्थित नरहेको जनाइएको छ,आत्मदाह प्रयासको कारण खुल्न बाँकी रहेको भए पनि प्रारम्भिक जानकारीअनुसार शुक्रबार उहाँको आफ्नै छोरासँग विवाद भएको छिमेकीहरूले बताएका छन्।
प्रहरीले घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।