मंगलवार १६ असार, २०८३ (Tuesday June 30, 2026)

नेपाल इन्जिनियरिङ कलेज द्वारा आयाेजीत ह्याकाथन प्रतियोगितामा शंकरदेव कलेजको द इभिल्स टोली प्रथम हुन सफल ।

मंगलवार १६ असार, २०८३ Bichar Batika 1138


नेपाल इन्जिनियरिङ कलेज द्वारा आयाेजीत ह्याकाथन प्रतियोगितामा शंकरदेव कलेजको द इभिल्स टोली प्रथम हुन सफल ।

असार १६ काठमाडौं ,बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा नेपाल इन्जिनियरिङ कलेज (NEC) मा आयोजित बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३ सफलता पूर्वक सम्पन्न भएको छ , प्रतियोगितामा २७ टोलीमध्ये शंकरदेव कलेजको ‘द इभिल्स’ टोली प्रथम भएको छ ।

बागमती प्रदेशको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटकहरूको सुरक्षालाई प्रविधिमार्फत प्रभावकारी बनाउने उद्देश्यले आयोजित ह्याकाथनमा सहभागी टोलीहरूले पर्यटक सुरक्षासम्बन्धी नवीन र प्रविधिमैत्री मोबाइल एप तथा डिजिटल समाधान प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेजको ‘रोमर्स’ टोली उपविजेता बन्न सफल भयो भने एस कलेजको ‘एएसडी’ टोली तेश्राे स्थान हासिल गरेकाे थियाे, विजेता टोलीहरू लाई नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, प्रशासन प्रमुख श्रीमा शर्मा तथा कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख अंशु घिमिरेले नगद पुरस्कार  क्रमशः रु. ५० हजार, रु. २५ हजार र रु. १५ हजार  साथै ट्रफी र मेडल तथा प्रमाणपत्र प्रदान गरेका  थिय ।  

समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ ले नेपाल भ्रमणमा आउने पर्यटकहरूले विभिन्न प्रकारका सुरक्षा चुनौती तथा असहज परिस्थितिको सामना गर्नुपरेको उल्लेख गर्दै त्यसको समाधानका लागि प्रविधिमा आधारित उपाय खोज्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको बताउनु हुँदै  प्रतियोगितामा प्रस्तुत उत्कृष्ट अवधारणालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल इन्जिनियरिङ कलेजसँग सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता समेत जनाउनु भयाे ।

संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले नेपाल भ्रमणका क्रममा पर्यटकहरूले भोग्ने सुरक्षा, सूचना अभाव, शारीरिक तथा मानसिक दुर्व्यवहार र कतिपय अवस्थामा बेपत्ता हुने समस्यालाई न्यूनीकरण गर्न यस्ता नवप्रवर्तन आवश्यक रहेको बताउदै विद्यार्थीहरूले प्रस्तुत गरेका उत्कृष्ट अवधारणालाई व्यवहारमा उतार्न सके नेपालको पर्यटन क्षेत्र अझ सुरक्षित, व्यवस्थित र आकर्षक बन्ने विश्वास समेत व्यक्त गर्नु भयाे ।

कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारसँग सहकार्य गरी ह्याकाथन आयोजना गरिएको बताउनु हुदै ह्याकाथनबाट प्राप्त नवीन सोच, प्रविधि र समाधानहरूले नेपालको पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा दिगोपनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भयाे ।

पर्यटन क्षेत्रलाई प्रविधिमैत्री, नवप्रवर्तनमुखी र दिगो बनाउने उद्देश्यसहित आयोजित ह्याकाथनमा विभिन्न कलेजका प्रतिभाशाली युवा नवप्रवर्तकहरूले सिर्जनात्मक तथा व्यावहारिक समाधान प्रस्तुत गरेका थिए ,विशेषगरी नेपाल भ्रमणमा आउने पर्यटकहरूको सुरक्षा, सूचना पहुँच र सहज यात्रालाई केन्द्रमा राखी विकसित गरिएका अवधारणाले निर्णायकहरूको विशेष प्रशंसा प्राप्त गरेका थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु