मंगलवार २ असार, २०८३
असार २ काठमाडौँ , गायिका मेलिना राई र सियोन महर्जन (क्षितिज) को युगल स्वरमा 'कहीँ नभाको जात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा योगेन्द्र उपाध्यायको शब्द तथा सङ्गीत, शंकर लिम्बू रहेकाे रेकर्डिस्ट,विश्व अधिकारीकाे सङ्गीत संयोजन (अरेन्जमेन्ट), मिक्सिङ र मास्टरिङकाे छ भने भिडियोमा सियोन महर्जन र खुसी कार्कीकाे अभिनय हरेकाे छ भने म्युजिक भिडियोमा सियोन श्रेष्ठकाे निर्देशन तथा कोरियोग्राफी , उत्सव दाहालकाे छायाङ्कन तथा मनोज कार्कीकाे सम्पादन र कलर ग्रेडिङ रहेकाे छ ।

यस म्युजिक भिडियोका निर्माता डा. साइअन महर्जन हुन् भने व्यवस्थापन निर्मल न्यौपाने र प्रस्तुति क्षितिज महर्जनको रहेको छ, भिडियो गायक महर्जनकै आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ, गायक महर्जन 'द भोइस अफ नेपाल' सिजन ७ मा 'टिम मेलिना' को तर्फबाट टप ३ फाइनलिस्ट समेत रहेकाे थियाे ।