आईतवार ३१ जेष्ठ, २०८३
जेष्ठ ३१ काठमाडौं , सुरेन्द्रकुमार राईकाे रचना , जस्दीप राईकाे संगीत, रुप कुमार राई र जस्दीप राईकाे स्वरमा राष्ट्र भावले सजिएकाे गीत जहाँ फूल्छ लाली गुराँस त्यही हो हाम्रो देश नेपालकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।

एवान रेकर्डिङ्ग स्टुडीयोमा रेकर्डिङ गरिएकाे गीतमा मनमाबी राई र बिनुसा राईकाे कोरस ,लाहाङ सुब्बाकाे एरेन्जर, राजेस श्रेष्ठकाे रेकर्डिङ तथा किसोर थापा मगरकाे मिक्सीङ / मास्टरिङ रहेकाे छ।

नेपालकाे विभिन्न रमणीय ठाउँहरूमा छायांकन करिएकाे म्युजिक भिडियोमा जस्दीप राई,रुप कुमार राई ,मनमाबी राई ,बिनुसा राई रसुरेन्द्रकुमार राईकाे अभिनय रहेकाे छ , म्युजिक भिडियो सुरेन्द्रकुमार राईकाे अफिसियल युटुब च्यानल अभियान टि भि बाट सार्वजनिक भएकाे छ ,देशकाे सीमा, क्षेत्र, संस्कृति ,वातावरण समेत समेटिएको हुँदा राष्ट्रलाई माया गर्नेहरू सबैले एक पटक सुन्न र हेर्न पर्ने गीत रहेकाे छ ।
म्युजिक भिडियो पूरा हेरि कस्ताे लाग्छ प्रतिक्रिया दिनु हाेला धन्यवाद ( सुरेन्द्र कुमार राई)