बिहीबार ७ जेष्ठ, २०८३ (Thursday May 21, 2026)

काभा महिला भलिबल च्याम्पियनसिप काठमाडौंमा भाेलि बाट सुरू हुँदै ,सबै देशका खेलाडीहरू काठमाडौं आहिपुगे ।

बिहीबार ७ जेष्ठ, २०८३ Bichar Batika 1102


काभा महिला भलिबल च्याम्पियनसिप काठमाडौंमा भाेलि बाट सुरू हुँदै ,सबै देशका खेलाडीहरू काठमाडौं आहिपुगे ।

जेष्ठ ७ काठमाडौं , काभा महिला भलिबल च्याम्पियनसिप प्रतियोगिता भाेलि  शुक्रबार बाट  काठमाडौंकाे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सुरु हुँदै छ ।
  भाेलि जेठ ८ गते देखि जेठ १५ गते सम्म सञ्चालन हुने काभा महिला भलिबल च्याम्पियनसिपमा  नेपाल लगायत उज्बेकिस्तान, किर्गिस्तान, माल्दिभ्स,श्रीलंका ,भारत ,ताजकिस्तान र कजाखस्तानले सहभागिता जनाउँदै छन् , च्याम्पियनसिप खेल्न सवै देशका खेलाडीहरू आजै नेपाल आइसकेका समाचार स्राेतले जनाएकाे छ ।
आज त्रिपुरेश्वरस्थीत कवर्ड हलमा आयोजित प्रि म्याच कन्फ्रेन्समा खेलाडीहरूले खेलका लागि आफुहरु उत्साहित रहेको च्याम्पियनसिपका लागि तयारी अवस्थामा रहेको र यसपटक घरेलु दर्शकको साथले उपाधि हातपार्नेमा आसाबादि रहेकाे नेपाली राष्ट्रिय महिला भलिवल टीमकी कप्तान निरुता बताउनु भयाे ।
नेपालले पहिलो खेल  भाेलि जेठ ८ गते भारतसँग खेल्ने छ भने  भाेलिनै  कीर्गिस्तान र माल्दिभ्स तथा इरान र बंगलादेशबीच पनि खेल हुनेछ र  फाइनल खेल भने जेठ १५ गते हुने नेपाल भलिबल संघले जनाएको छ । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु