मंगलवार २२ बैशाख, २०८३
बैशाख २२ काठमाडौं, हिजाे साेमबार काभ्रेपलाञ्चोको रोशी खोलामा आएको बाढीका कारण राेशी खाेलामा फसेकाे ईभी माइक्रोबसबाट ८९ जना यात्रुलाई सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरेकाे छ ।
राेशी खाेलामा हिजाे राति एक्कासी बाढी आएपछि बीच खोलामा फसेकाे इभी माइक्रो बसमा यात्रुहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डोरी र र्याफ्टिङ बोटको सहायताले सकुशल उद्धार गरि गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिनुभयो ।
खाेलामा फसेकाे यात्रीहरुको उद्धार गर्न जिल्ला प्रहरी प्रमुख शाहसहित सशस्त्र प्रहरी १५ नम्बर गणका प्रमुख एसपी माधव रेग्मी, नेपाली सेना लगायतको टोली खटिएको थियो, वर्षा र बाढीका कारण बीपी राजमार्गका विभिन्न खण्ड क्षतिग्रस्त भएकाले सवारी आवागमन प्रभावित भएको थियाे ।