बुधबार २५ चैत्र, २०८२
चैत २५ काठमाडौं , चैत्र २७ गते शुक्रबार प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन हुने भएको छ ।
हिजाे बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदका निर्वाचनका लागि मिति ताकेकाे हुन् ।
सभामुख अर्यालले उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए सगै उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ता हुने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक चैत्र २७ गते शुक्रबार अपरान्ह ४ बजे बोलाइएको छ ।