आईतवार २४ फाल्गुन, २०८२
फागुन २३ काठमाडौं , गत भदौ २३ र २४ गते भएकाे जेन-जी आन्दोलनकाे घटना बारे सत्यतथ्य छानबिन गर्न सरकारले गठन गरेकाे जाँचबुझ आयोगले सरकारलाई आफ्नाे प्रतिवेदन बुझाएको छ।
आज आयोग अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदनको टोलीसहितकाे उपस्थितिमा प्रधानमन्त्री शुसीला कार्कीलाई प्रतिवेदन बुझाएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी जानकारी गराउनु भएकाे छ , प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै सदस्य शर्माले आयोगले भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका घटनाबारे तथ्यगत अध्ययन गरेको बताउनु भयाे ।
आयोगले देखेको, बुझेको र प्रमाणका आधारमा राय तथा सुझावहरू प्रतिवेदनमा समेटिएको र भदौ २३ र २४ गते जेन-जी आन्दोलनमा देखेको कुराहरुको फ्याक्ट फाइन्डिङ गर्ने प्रयास गरेका छौं ,हामीले देखेको, बुझेको र जानेको प्रमाणका आधारमा हामीले राय सुझाव दिएका छौं , अब यो प्रतिवेदन सरकारको सम्पत्ति भएको छ,यसमा आवश्यक कारबाही गर्ने वा पुरस्कृत गर्ने काम सरकारकै जिम्मेवारी रहेकाे शर्माले जानकारी गराउनु भयाे ।
गल्ती गर्नेहरूलाई कारबाही र राम्रो काम गर्नेहरूलाई सम्मान गर्नुपर्ने सिफारिस गरिएको उल्लेख गर्दै आयोगको प्रतिवेदन करिब ९ सयभन्दा बढी पृष्ठको रहेको र अनुसूचीसहित समग्र कागजात ८ हजारदेखि १० हजार पृष्ठसम्म पुग्ने बताउदै प्रतिवेदनमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाहरू समेटिएको छ,अब यसमा बढी सरकारले बोल्छ, आयोगको प्रतिवेदन करिब ९ सयभन्दा बढी पृष्ठको रहेको छ, त्यसमा अनुसूचीहरु पनि छन् करिब सबै गर्दा ८ देखि १० हजारसम्मको पेजहरु हुन्छ,यसमा सबै भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन विषयहरु मात्रै शर्माले जानकारी गराउनु भयाे ।
सरकारले असोज ५ गते उक्त आन्दोलनबारे छानबिन गर्न आयोग गठन गरेको थियो, आयोगले भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएको घटनाबारे १५० भन्दा बढी सरकारी अधिकारी तथा प्रत्यक्षदर्शीहरूसँग बयान लिएकाे थियाे ।