आईतवार १० फाल्गुन, २०८२
फागुन १० काठमाडौं , काठमाडौंमा सम्पन्न ५० नेपालको १९ औँ साधारण सभा बाट नयाँ नेतृत्वमा अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी सर्व सहमत निर्वाचित भएकाे छ ।
काठमाडौँ स्थिति अलोफ्ट होटलमा आयाेजना गरिएकाे १९ औँ साधारणसभाबाट अध्यक्षपदमा निवर्तमान क्लबका वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँ उपाध्यक्ष युवराज श्रेष्ठ महासचिव हवेन्द्रप्रसाद देव कोषाध्यक्ष पदमराज सुवेदी कार्यकारिणी सदस्यहरुमा सुवर्ण राजभण्डारी, प्रमोद जैसवाल, शान्ति मोक्तान, सिर्जना मास्के, बाबा खड्का सुवेदी, डा. कविता अधिकारी सर्व सहमत निर्वाचित भएकाे निर्वाचन आयुक्त दीपक मल्होत्राले घाेषणा गर्नु भएकाे थियाे ।
क्लबका निवर्तमान अध्यक्ष डा. अंगुर कार्कीको अध्यक्षता तथा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायकाे प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे कार्यक्रममा निवर्तमान वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँले स्वागत मन्तव्य राखेका थिय भने महासचिव युवराज श्रेष्ठले क्लबको गतिविधिका बारेमा प्रष्ट्याएका थिए ।
कार्यक्रममा क्लब फिफ्टीद्वारा प्रकाशित अभियानको १४ अंकको विमोचन भएको थियो, क्लबका पदाधिकारी प्रमुख अतिथि तथा सभापति अंगुर कार्कीलगायत मञ्चासीनबाट अभियानको संयुक्त रुपमा विमोचन गरिएको हो ।
अभियानका अतिथि सम्पादक साहित्यकार रमेश दाहाललाई सभापति तथा नि. अध्यक्ष अंगुर कार्कीद्वारा विशेष धन्यवाद मन्तव्यसहित कदरपत्र, मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

क्लबका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सल्लाहकार परिषद्का संस्थापक अध्यक्ष कुलप्रकाश मास्के, पूर्व अध्यक्षहरु भुपेन्द्र कार्की, शादरभक्त रंजित, दमन बस्नेत, रमेश लुइटेल, दीपक मल्होत्रा त्यसैगरी वरिष्ठ पत्रकार जीवराम भण्डारी, नेपाल चेम्बर्स कमर्शका अध्यक्ष कमलेश अग्रवाललगायतले मन्तव्यसहित शुभकामना दिएका थिए ।
शुभकामना मन्तव्यका क्रममा पूर्व गृहमन्त्री निरन्जन थापाले क्लब फिफ्टी नेपाल फिफ्टी ओभरका नागरिकहरुको संस्था भए पनि क्लबको क्रियाकलापले जेन्जी पुस्ताको क्लबको महसूस गराएको बताएका थिए ।

प्रमुख अतिथि उपाध्यायले आफू ५० नपुगे पनि कार्यक्रमको माहोलले ५० नै पुगिसकेको अनुभूति दिलाएका बताय ,उपाध्यायले क्लब भन्नेबित्तिकै मनोरन्जनयुक्त क्रियाकलाप संचालन गर्ने बुझिन्छ यद्यपि क्लब फिफ्टीले गरेका सामाजिक कार्यहरुलाई अवलोकन गर्दा कुनै एनजिओ आइएनजिओ भन्दा कम नभएको कुरा बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष अंगुर कार्कीले आफ्नो कार्यकालमा भएका गतिविधिहरुको चर्चा गर्दै सम्पूर्ण पदाधिकारी, सदस्यलगायत सहयोगी मनहरुप्रति हार्दिक धन्यवादसहित मायाको चिनो समेत प्रदान गरेकाे थियाे ।