बिहीबार २९ माघ, २०८२
माघ २९ काठमाडौं ,काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव भएपछि नेपाल आयल निगमले बजारका डिलर र डिपोहरूमा हप्तौँ धाउँदा पनि ग्यास नपाएर चुल्हो नै नबल्ने अवस्थामा पुगेका उपभोक्तालाई लक्षित गरी टेकुस्थित आफ्नै केन्द्रीय कार्यालयबाट सिधै ग्यास बिक्रीवितरण सुरु गरेको छ।
निगमका एलपिजी विभाग प्रमुख विनीतमणि उपाध्यायले बजारमा विभिन्न ब्रान्डका ग्यासको चरम अभाव देखिएपछि उपभोक्तालाई राहत दिन ग्यास नभएर खानै नपाउने अवस्थामा पुगेकाहरूलाई खाली सिलिन्डर साट्न सहज होस् भनेर टेकु कार्यालय परिसरमा काउन्टर राखिएको जानकारी गराउनु भयाे ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले भने निगमको यो कार्यलाई बालुवामा पानी हाले सरह भएको टिप्पणी गर्दै निगमले आपूर्ति सहज छ भनिरहँदा बजारमा दैनिक मागको तुलनामा २० प्रतिशत बुलेट कम आइरहेका छन् ,बजारमा ग्यासको यति ठुलो अभाव सिर्जना गरिएको छ कि नयाँ सिलिन्डरको नाममा उपभोक्ताबाट ५,२०० रुपैयाँ सम्म असुलेर कालोबजारी भइरहेकाेले एक ठाउँबाट ग्यास बाँडेर उपत्यकाका लाखौँ घरको समस्या समाधान नहुने महर्जनको दाबी गर्नु भयाे ।
निगमकाे अनुसार भारतको बरौनी रिफाइनरीमा भएको मर्मतका कारण नेपाल आउने कोटामा केही कटौती भएकोले अभाव हुने डरले उपभोक्ताले घरमा अनावश्यक सिलिन्डर भरेर राख्दा वास्तविक खाँचो भएकाले ग्यास नपाएको र आगामी फागुन २१ गते हुन गहिरहेकाे निर्वाचनको कारणले पनि ग्यासको माग बढ्दा आपूर्ति व्यवस्थामा अहिलेकाे परिस्थिति आएकाेकाे जानकारी गराउनु भयाे ।